इन्फो नेपाल — सञ्चारको सञ्जाल

बेमौसमी हावाहुरीले म्याग्दी र गोरखाको जनजीवन प्रभावित, घर र विद्यालयका छाना उडायो

काठमाडाैँ । मङ्सिरमै चलेको बेमौसमी हावाहुरीका कारण उत्तरी म्याग्दी र गोरखाको जनजीवन प्रभावित भएको छ। सामान्यतया फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिर सुरु भएसँगै चल्न थालेको हो।

​म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा आज बिहान तीव्र गतिको चिसो हावा चलेको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार हावाहुरीले काभ्रेमा तीन र नारच्याङमा एक गरी चारवटा घरको छानो उडाएको छ। यस्तै, रुख ढलेर भुरुङ्ग–तातोपानीदेखि मान्द्रेढुङ्गा जोड्ने सडक अवरुद्ध बनेको उनले जानकारी दिए।

​अन्नपूर्ण–३ दानाका वडासदस्य दुर्गादत्त सुवेदीले कालीगण्डकी करिडोरको कच्ची सडक र नदी किनारको बगरबाट धुलो उड्दा अन्नपूर्ण र धौलागिरि हिमाल बादलले ढाकिएजस्तो देखिएको बताए।

​यसैगरी, गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा पनि बिहान बेमौसमी हावाहुरी चलेको छ। हुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको छ भने केही स्थानीयका घरमा समेत क्षति पुर्‍याएको स्थानीय बासिन्दाले बताएका छन्।

​मुस्ताङ र आसपासका हिमाली क्षेत्रमा तापक्रम घटेपछि चल्ने चिसो हावा अन्नपूर्ण र धौलागिरि हिमालबीचको साँघुरो गल्छी हुँदै तीव्र गतिमा दक्षिणतर्फ बहने गर्छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापक्रममा असन्तुलन आउँदा हावाहुरी चल्ने समय परिवर्तन हुन थालेको स्थानीयको अनुभव छ।

​बेमौसमी हुरीका कारण बस्तीमा धुलोको समस्या बढ्नुका साथै कृषि बाली, सुन्तलाखेती र विद्युत् प्रसारण लाइनमा समेत असर पुग्ने गरेको छ।

सम्बन्धित समाचार

गोरखाको धार्चेमा सुक्खा पहिरो

गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्‍याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो। ​पहिरो…

इन्फो डेस्क

बाढीपहिरोपछि सुस्ताएको मुस्ताङको पर्यटन दशैँ लगत्तै लयमा फर्कियो

काठमाडाैँ । रसुवाको बाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकमार्ग खुलेसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दशैँअघि सुनसा…

इन्फो डेस्क

बाढीपहिरोले तहसनहस बेनी–दरवाङ–मुना सडक, पुनर्निर्माणमा सात करोड

बाबियाचौर । गत असोजमा आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरवाङ–मुना सडकमा ठूलो क्षति पुर्‍याएको छ। सडकका विभिन्न खण्डमा पहिरो खस्ने,…

इन्फो नेपाल संवाददाता