इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरकारले भन्याे – मोबाइलमा ‘हाई–अलर्ट’ को सूचना आउन सक्छ, नआत्तिनू

काठमाडाैँ । सरकारले आज काठमाण्डाै उपत्यकाका मोबाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण गर्दैछ । त्यस क्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपत्कालीन सतर्कता सन्देश जारी हुन्छ ।

सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना निकालेर मोबाइलमा आउने आपत्कालीन सन्देशबाट नआत्तिन आग्रह गरेका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायहरूले आपत्कालीन प्रसारण प्रणालीको प्रभावकारिता परीक्षण तथा सुरक्षा सतर्कताका लागि यस्ता सूचनाहरू मोबाइलमा पठाउने तयारी भएको हो ।

सम्भावित प्राकृतिक वा अन्य विपद्को बेला नागरिकलाई समयमै सजग गराउन यो प्रणालीको अभ्यास गर्न लागिएको हो ।

सम्बन्धित समाचार

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता

घोप्टेभीरमा दैनिक पाँच घण्टा गाडी रोकेर सडक मर्मतको काम चल्दै

चितवन। चितवनको मुग्लिन नजिकै घोप्टेभीर क्षेत्रमा मर्मत तथा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सडक बन्द गरिएको छ। मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान १…

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

हेटाैँडा । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसा…