इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज काग तिहार मनाइँदै

मकवानपुर । कात्तिक कृष्ण त्रयोदशीका दिन आज देशभर यमराजको दूतका रूपमा कागको पूजा आराधना गरी काग तिहार मनाइँदैछ। यमराजले लोकको सम्पूर्ण खबर कागका माध्यमबाट थाहा पाउने भएकाले यमदूतका रूपमा कागलाई मीठा खानेकुरा दिएर खुशी पार्ने शास्त्रीय मान्यता रहिआएको छ।

​काग तिहारका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकाको कागेश्वरी मन्दिरमा आज विशेष पूजा आराधना गरिँदैछ।

​यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक तथा धनतेरस पर्व भने अघिल्लो दिन (शुक्रबार) बेलुकीदेखि नै सुरु भइसकेको छ।

​तालिका अनुसार भोलि (शनिबार) नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। पर्सि कात्तिक २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा र म्हपूजा मनाइनेछ। २४ गतेदेखि नै नेपाल संवत् ११४७ सुरु हुनेछ। यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ, जसका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम मानिएको छ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क