निर्वाचनरास्वपाका खरेलले २ हजार ८२९ मत ल्याउदा जसपाका यादव २८ हजार ४१५...

रास्वपाका खरेलले २ हजार ८२९ मत ल्याउदा जसपाका यादव २८ हजार ४१५ मतले विजयी

काठमाडौँ । बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । मत गणनाको अन्तिम परिणाम अनुसार जसपा अध्यक्ष यादवले २८ हजार ४१५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । यादव ५ हजार ८१ मतान्तरले विजयी भएका हुन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गरेका छन् । आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन् ।

बारा-२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको थियो ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img