निर्वाचनमकवानपुरमा दुई निर्वाचन क्षेत्रमा कुल ४४ जनाले उम्मेदवारी, प्रतिस्पर्धा रोचक बन्दै

मकवानपुरमा दुई निर्वाचन क्षेत्रमा कुल ४४ जनाले उम्मेदवारी, प्रतिस्पर्धा रोचक बन्दै

मकवानपुर। आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। दुई निर्वाचन क्षेत्रमा कुल ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। विभिन्न राजनीतिक दलबाट २९ र स्वतन्त्र उम्मेदवार १५ जना रहेका छन्।

मकवानपुर–१
मकवानपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रकाश गौतमले उम्मेदवारी दर्ता गरेका छन्। उनका प्रस्तावक टाका राज थापा र समर्थक ध्रुव बहादुर विष्ट रहेका छन्।

यस क्षेत्रका अन्य उम्मेदवारमा नेकपा एमालेका रामेश्वर राना, नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विजय गौतम, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद उप्रेती (रमेश), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बहादुर सिंह, जनता समाजवादी पार्टी (जसपा) का दीपक सिन्तान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेशनका युवराज लामा, नेपाल मजदुर किसान पार्टीकी रंजना सुवाल मकजु, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा र जनता समाजवादी नेपालका रुपक लामा रहेका छन्।

स्वतन्त्र उम्मेदवारमा ज्ञान सागर लामा, सुशिला सुवेदी, राजाराम बोगटी, राज कुमार खड्का, राकेश कुमार शर्मा, मठु पुलामी मगर, प्रमिला कुमारी खतिवडा, अमर दंगाल, अमिक परियार र टिका प्रसाद चौलागाईं रहेका छन्। मकवानपुर–१ बाट मात्र २३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

मकवानपुर–२
मकवानपुर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन्। उनका प्रस्तावक सन्जिव पाठक र समर्थक शान्ति थापा विडारी रहेका छन्।

यस क्षेत्रका अन्य उम्मेदवारमा नेकपा एमालेका महेश कुमार बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक विष्ट, श्रम संस्कृति पार्टीका युनेश लामा स्याङ्तान, जनता समाजवादी पार्टीका छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाका निर बहादुर सिन्तान, उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङ्तान, नेकपा माओवादीका राम घलान, संयुक्त नागरिक पार्टीका शुभराज प्रजा, नेपाल मजदुर किसान पार्टीका सरोज तामाङ, नेशनल रिपब्लिक पार्टीका सूर्य तामाङ बल, आम जनता पार्टीका सूर्य राई र मंगोल नेशनल अर्गनाइजेशनका हिरा लाल स्याङ्तान रहेका छन्।

स्वतन्त्र उम्मेदवारमा अमृत बल, कृष्ण राम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया बल रहेका छन्।

विशेषज्ञका अनुसार मकवानपुर–१ मा चुनावी प्रतिस्पर्धा अझ रोचक हुने देखिन्छ। २०७९ को निर्वाचनमा यहाँ दिपक बहादुर सिंह (राप्रपा), महालक्ष्मी उपाध्याय डीना (कांग्रेस), विजय गौतम (नेकपा) र प्रकाश गौतम (रास्वपा) मुख्य प्रतिस्पर्धीका रूपमा रहेका थिए।

मकवानपुर–२ मा एमाले नेता महेश बर्तौला, नेकपा उम्मेदवार लवशेर विष्ट, कांग्रेसका बुद्ध लामा र रास्वपा उम्मेदवार प्रशान्त उप्रेती मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img