Monday, May 12, 2025
हेडलाईन२०८१ सालको दशैँ साइत ११ बजेर ३६ मिनेटमा
spot_img

२०८१ सालको दशैँ साइत ११ बजेर ३६ मिनेटमा

spot_img

काठमाडौं | नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका साइत निर्धारण गरेको छ । समितिले आज (शनिबार) दशैँका उपलक्ष्यमा गरिने कृत्यहरूका लागि शुभसाइत निर्धारण गरेको हो ।

समितिले असोज १७ गतेउ बिहीबार बिहान ९ बजेर १६ मिनेटमा नवरात्रारम्भ सुरु हुने र घटस्थापना गरी जमरा राख्ने साइत जुराएको छ । असोज २४ गते बिहीबार बिहान ७ बजेर ११ मिनेट जाँदा फूलपाती र तुलजाभवानी यात्रा आरम्भ हुने जनाएको छ ।

यो वर्षको दशैँमा महाष्टमी र महानवमी असोज २५ गते शुक्रबार अर्थात्‌ एकैदिन परेको छ । टीकाको साइत असोज २६ गते शनिबार ११ बजेर ३६ मिनेटमा पर्ने समितिले जानकारी गराएको छ ।

सामान्यतयाः देवीको प्रसाद लगाउन भने साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img