भोजपुर : भोजपुरको पुर्वी अरुण गाउँपालिकाले यहि चैत्र १४ र १५ गते सञ्चालन गरेको जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमबाट ८४ जना जेष्ठ नागरीक लाभान्वित भएका छन् ।
अरुण गाउँपालिकाको ५० प्रतिशत आर्थिक सहयोग र पुर्वाअञ्चल डेन्टल अस्पतालको ५० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालीत उक्त कार्यक्रमबाट पहिलो चरणमा गाउँपालिका भरीका ८४ जना वृद्धवुद्धालाई निःशुल्क दात लगाईदिएको हो ।
जेष्ठ नागरीक दन्त उपहार कार्यक्रम अन्तरगत पालिका भरीका जेष्ठ नागरीकहरुलाई निःशुल्क दात लगाईदिएको र बाकी अन्यलागई आगामी बर्षमा सोहि प्रकृतीको कार्यक्रम सञ्चालन गरी दात लगाईदिने गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए ।
गाउँपालिकाले जेष्ठ नागरीकहरुको समस्यालाई मध्यनजर गरेर प्रदान गरेको दन्त उपहार कार्यक्रम निकै राम्रो कार्यक्रम हो । दन्त उपहारसगैँ आफुहरु पालिकासगँ निकै खुशी र हर्षित भएको जेष्ठ नागरीकहरुले बताए ।
आर्थिक तथा पारिवारीक कारणले लामो समयदेखी दात नलगाई बसेका जेष्ठ नागरीकले मिठो ठोस खाद्यान्न खान असहज भएको अवस्थामा कार्यक्रम निकै प्रभावकारी र उपलब्धीमूलक भएको छ । सिमित श्रोत साधनमा स्थानीयहरुको मागलाई पुरा गर्दै गाउँपालिकाले सञ्चालन गर्ने यस्ता प्रकृतीका कार्यक्रमहरुले बास्तमै स्थानीयहरु खुशी र हर्षीत भएको देख्न सकिन्छ ।