Wednesday, February 12, 2025
राशिफलभाद्र ३१ गतेदेखी असोज ६ गतेसम्मको साप्ताहिक राशिफल

भाद्र ३१ गतेदेखी असोज ६ गतेसम्मको साप्ताहिक राशिफल

२०८० भाद्र ३१ गतेदेखी असोज ६ गतेसम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि यो साता शुभ रहेको छ । बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्य तिर भने आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साता तुलनात्मक रुपमा सोमबार र मंगलबार कमजोर दिन रहेका छन । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमता को उच्च कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन वचत हुनेछ । विद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । शुक्रबार र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग खैरो वा हल्का पहेँलो हो । कुनै शुभकर्म गर्नु विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । तर सोमबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ ।नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई सकारात्मक रहनेछ सोमबार र मंगलबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्।  साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि यो साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । यो साता सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्ने साता रहनेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ । त्यसैगरि आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि साता आईतबार अनावाश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर सोमबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। मंगलबार र बुधवार तपाईका लागि विशेष दिन रहेका छन। आफ्ना नातेदार सँग रमाइलो कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यो साता को शुरुवातको दिन आईतबार लाभ स्थानमा चन्द्रमा को गोचर रहने हुनाले व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । सोमबार र मंगलबार भने विना अर्थका यात्राहरु हुन सक्नेछन। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । तर बुधबार देखि भने चन्द्रमाको गोचर शिरमा रहने हुनाले दिनहरु शुभ रहनेछन । परिवार मा मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साताको शुरुमा चन्द्रमा को गोचर कर्म भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । तर साताको उत्तरार्ध दिनहरु भने केहि कमजोर देखिए पनि समग्रमा हेर्दा साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि यो साता शुभ रहेको छ । नवम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसाय बाट आर्थीक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । जसले मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा सामान्य समस्या हरु देखिन सक्नेछन । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। तुलनात्मक रुपमा शुक्रबार र शनिबार भने कमजोर दिनहरु रहेका छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि साता मिश्रित रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने। खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । लत्ता कपडामा बढी धन खर्च हुनेछ । साताको अन्त्यबाट नयाँ कामको थालनी हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साताको शुरुमा सप्तम भाव मा चन्द्रमाको प्रभाव रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ ।आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस