Monday, April 28, 2025
राशिफलमाघ २८ देखि फागुन ६ गतेसम्मको साप्ताहिक राशिफल
spot_img

माघ २८ देखि फागुन ६ गतेसम्मको साप्ताहिक राशिफल

यस साता विभिन्न राशिहरूका लागि मिश्रित भाग्यफल देखिएको छ। केही राशिहरूलाई यस साता काम, व्यवसाय र अध्ययनमा प्रगतिको संभावना देखिएको छ भने केही राशिहरूलाई भने केही समस्या र चुनौतीको सामना गर्नुपर्नेछ। प्रारम्भिक दिनमा अधिकांश राशिका लागि सामान्य अवस्था रहेपनि साताको मध्यतिर परिस्थिति सुधार हुँदै जानेछ। सबै राशिले यस साता केही न केही राम्रा परिणाम प्राप्त गर्ने देखिन्छ। साथै, शुभ रंग र शुभांकको प्रभावले पनि सकारात्मक परिणाम दिन सक्छ। यो साता हरेक राशिका लागि उतारचढाव भएपनि सकारात्मक परिणामको आशा गर्न सकिन्छ। शुरुवाती चुनौती र कठिनाइपछि अन्त्यमा सुखद परिणाम आउने संकेत गरिएको छ। त्यसैले सबैले आफ्नो प्रयासमा लगनशील रहनु उपयुक्त हुन्छ।

मेष – व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । प्रारम्भमा प्रशस्त आम्दानी हुने काम गर्न सकिनेछ। काममा मनग्य फाइदा हुनेछ। अर्थलाभ हुनाले महत्त्वपूर्ण काम गर्ने आँट जाग्नेछ। साेमवार, मंगलवार र बुधवार भने उठेकाे रकम बाहिरिन सक्छ। महत्त्वाकांक्षाले अधिक खर्च बढाउनेछ। सरसापटमा पनि धन बाहिरिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। बुधवारदेखि रोकिएका काम बन्नुका साथै कर्मयोगले उचाइको बाटो समाउनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले नाम र दाम हातपार्न सकिनेछ। यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग आकाशे सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष – यो साता उपलब्धि मुलक हुने देखिन्छ । लाेकप्रिय कामले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरू नजिकिन सक्छन्। आँटले काम बन्नेछ भने मेहनत गर्दा मनग्य आर्जन हुनेछ। साेमवार र मंगलवार नयाँ काम थाल्न सकिनेछ। आयस्राेत पनि सबल बन्नेछ। विद्यार्थीका लागि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। बुधवारदेखि केही धन बाहिरिन सक्छ। खर्च बढ्नेछ र काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन – यो साता उत्तम रहेको छ । प्रारम्भमा काम राेकिने डरले सताउन सक्छ। अरूको मुख ताक्नाले पछि परिनेछ। चुनौती देखिए पनि बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ। साेमवारदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। सानाे प्रयत्नले राम्राे उपलब्धि हातलागी हुनेछ। नोकरी तथा दिगो काम प्रारम्भ हुन सक्छ। बुधवारदेखि मनग्य आम्दानी हुनेछ। सप्ताहान्तमा भने खर्च बढ्नेछ। लामो यात्रा र आर्थिक लगानी गर्ने अवसर जुट्नेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग घ्यु रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट – राशिका लागि साता मिश्रित रहनेछ। प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले सफलता दिलाउन सक्छ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सकिनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। अप्ठ्यारो अवस्थामा गरिएको पुरुषार्थले कीर्तिमानी समेत दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनामा दिलाउन सक्छ। सप्ताहान्तमा केही समस्या देखिए पनि आयस्रोत बढ्नाले मनग्य धनलाभ हुनेछ। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह – सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सहयोगीहरूको साथ जुट्नेछ। व्यापार बढ्नेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। साेमवार दिउँसाेदेखि शाारीरिक वा मानसिक रूपमा केही कमजोर भइनेछ। अर्थअभावले चिताएकाे काम राेकिन सक्छ। बुधवारपछि स्थितिमा सुधार आउनेछ। राेकिएका काम पनि क्रमशः सम्पादन हुनेछन्। पेसा–व्यवसायमा राम्रै उपलब्धि प्राप्त हुनेछ। मिहिनेत गर्दा सप्ताहान्तमा प्रशस्त लाभ उठाउन सकिनेछ। यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या – यो साता शुभ रहेको छ । द्वन्द्व बढे पनि प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। शत्रु र रोगबाट मुक्ति मिल्नेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले हर्ष बढ्नेछ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बुधवारदेखि स्वास्थ्य कमजाेर हुनाले काम राेकिन सक्छ। अप्ठ्यारो पर्दा एक्लो भइनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले लाभ हुनेछ। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

तुला – यो साता शुभ रहेको छ । सुरुमा केही व्यवधान देखिए पनि साता उत्साहवर्धक नै रहनेछ। अध्ययनमा ध्यान नपुगे पनि मिहिनेतले सफलता दिलाउनेछ। प्रतिस्पर्धाको दौडमा सहयात्रीहरूलाई सजिलै उछिन्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। शत्रु र प्रतिस्पर्धी पछि पर्नेछन् भने बाधाहरू स्वतः हट्नेछन्। रचनात्मक कामतर्फ अग्रसर भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। भोगविलास र भेटघाटले खर्च निम्त्याउनेछ। सप्ताहान्तमा स्वास्थ्य कमजोर बन्नाले काम रोकिन सक्छ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृश्चिक – यो साता मिश्रित रहने देखिन्छ । सुरुमा घरेलु समस्याले अल्झाउन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरूले मौकाको फाइदा उठाउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला। साेमवारदेखि परिस्थिति केही अनुकूल बन्नेछ र केही अवसर पनि प्राप्त हुनेछन्। लगनशीलताले पढाइको स्तरमा सुधार ल्याउनेछ। विदेश ताक्नेहरूलाई सम्भावनाकाे ढाेका खुल्नेछ। आँटले काम सम्पादन हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। सप्ताहान्तमा मित्रता र प्रेमकाे बन्धन कसिलाे हुनेछ। रमाइलाे यात्रा हुनेछ। यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु – सुरुमा साथीभाइकाे सहयाेगले काम बन्नेछ। तर सधैं अरूको भरपर्दा काम रोकिन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। प्रशंसकहरू आलाेचककाे प्रभावमा पर्नाले विराेधमा उत्रन सक्छन्। आफ्नैबाट धोका पाइने समय रहेकाले सावधान रहनुहोला। बुधवारदेखि काममा लगनशीलता बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेत गर्दा नाम र दाम पनि हातलागी हुनेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन्। राेग र शत्रु कमजाेर हुनेछन्। व्यापारमा मनग्य फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरि यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर – यो साता शुभ रहेको छ। सुरुमा काम गरेर दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। बाेलीकाे प्रभाव बढ्नाले व्यवसायमा पनि फाइदा हुनेछ। नयाँ स्थानकाे यात्रा हुन सक्छ। आँटले काम सम्पादन हुनेछ्न्। बुधवारदेखि भने गाेपनीयतामा सावधान रहनुहाेला। परिवारमा असमझदारी बढ्नेछ भने आलोचकहरूले पनि दुःख दिनेछन्। तापनि सहयोगीहरू जुट्नाले धेरै काम बन्नेछन्। लगनशीलताले सफल भइनेछ। अध्ययनकाे लगावले राम्रै उपलब्धि दिलाउनेछ। मिहिनेत गर्दा राम्राे प्रतिफल पाइनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ – यो साता शुभ रहेको छ। बोली र व्यवहारले धेरैलाई प्राभावित पार्न सकिनेछ। कामको प्रभावले विशेष अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र लेखन कलामा पनि निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नेछन्। बुद्धिको उपयोगले सफलता प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। सहयाेगीहरूले साथ दिने हुँदा नयाँ कामतर्फ आकर्षित भइनेछ। सप्ताहान्तमा भने पारिवारिक माहाेल अनुकूल नहुनाले काममा समेत बाधा पर्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन –खर्चिलाे काम थाल्नाले साताकाे प्रारम्भमा अर्थअभावले सताउनेछ। सानाे कामका लागि अधिक रकम खर्चनुपर्ने हुन सक्छ। दाैडधुपमा अधिक समय बित्नेछ। साेमवार दिउँसाेदेखि स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पेसा–व्यवसायमा पनि प्रगति हुनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। सप्ताहान्तमा मनग्य लाभ हुनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा कालो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img