राशिफलदैनिक राशिफलकात्तिक २९ गते शनिबारको भाग्यफल

कात्तिक २९ गते शनिबारको भाग्यफल

२०७८ कात्तिक २९ गते शनिबार, मार्गशीर्ष कृष्णपक्षको एकादशी तिथि समाप्त हुँदै द्वादशी आरम्भ हुँदैछ। सूर्य बिहान ६:२६ बजे उदय भई बेलुका १७:१० बजे अस्त हुनेछ। उत्तरफाल्गुनी नक्षत्र बिहान २६:२२ सम्म रहनेछ र त्यसपछि हस्त नक्षत्रको प्रभाव सुरु हुन्छ। चन्द्रमा बिहान ०७:२९ सम्म सिंह राशिमा रहनेछ र त्यसपछि कन्या राशिमा प्रवेश गर्नेछ। वैधृति योग बिहान १०:३५ सम्म रहनेछ र त्यसपछि विष्कम्भ योग प्रभावकारी हुनेछ। बव करण बिहान १६:०६ सम्म रहनेछ र त्यसपछि बालव करण रहनेछ। आजको दिन ऊर्जा र नवीन योजनाका लागि उपयुक्त रहन्छ, तर सिंह राशिको चन्द्र र हस्त नक्षत्रको प्रभावले कार्यक्षेत्रमा सतर्कता र विवेकपूर्ण निर्णय आवश्यक छ। स्वास्थ्य, कानुनी मामिला र सामाजिक सम्बन्धमा सावधानी अपनाउन लाभदायी हुनेछ, भने व्यक्तिगत निर्णयमा आत्मविश्वास र परिश्रमले सफलता दिलाउने दिन रहन्छ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिद्दीपन र घमण्ड बढ्छ। गर्नुपर्ने कामप्रति लगाव देखिँदैन। परीक्षामा खरो उत्रन धेरै मिहिनेत गर्नुहोस्। परिवारमा चलेको असमझदारी वा भ्रमको निवारण हुन्छ। प्रयास, प्रतिस्पर्द्धा र सिकाइबाट दक्ष बनिन्छ। कार्यक्षेत्रमा तन्मयताका साथ खट्नुहोस्, सेवाग्राहीसँग विवाद नगर्नुहोस्। भाग्यबल ८०%, शुभअङ्क ६, शुभरङ ध्वाँसे/कालो। मन्त्र: ॐ रां राहवे नमः (१८ पटक)।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सँगीसाथीसँग रमाउँदा दिन बितेको पत्तै नलाग्छ। व्यक्तिगत खुसीका लागि लवमेटसँग कुनै कुराको अपेक्षा हुन्छ। नयाँ ज्ञान सिक्ने मौका छ। धैर्य र लगनशील बन्दा ताकेको काममा सफलता मिल्छ। दिगो लगानीबाट फाइदा हुन्छ। शिक्षा, आर्थिक कारोबार र गहना व्यापारीका लागि राम्रो दिन हो। भाग्यबल ३०%, शुभअङ्क ५, शुभरङ सेतो। मन्त्र: ॐ ज्ञानमुद्रायै नमः (११ पटक)।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुरा काट्नेको सक्रियता बढ्छ, दिमाग भारी हुन्छ। बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्छ। समस्या छ भने अभिभावकसँग प्रष्ट राख्नुहोस्। घरबाहिर छ भने मन मिल्ने साथीलाई बताउनुहोस्। निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन। विशेष काममा अभिभावक, पत्नी वा छोराछोरीको इच्छा बुझेर अघि बढ्नुहोस्। भाग्यबल ०%, शुभअङ्क ४, शुभरङ सिम्रिक रातो। मन्त्र: ॐ चामुण्डाभगवत्यै नमः (०९ पटक)।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुन्छ। कलात्मक विषयमा रुचि छ भने वरिष्ठलाई पनि प्रभावित तुल्याउन सकिन्छ। कामको चाप बढ्छ। परिस्थिति हेरी काम गर्नुहोस् नत्र मन दुःखित बन्छ। ठीक समयमा सही निर्णय लिन सकिन्छ। सामाजिक र राजनैतिक क्षेत्रमा चासो बढ्छ। साथीभाइको जमघटमा सहभागी हुन सकिन्छ। भाग्यबल ८५%, शुभअङ्क ३, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ वायुपुत्राय नमः (२१ पटक)।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ परियोजना वा काम थाल्न अनुकूल समय हो। सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार प्रकट हुन्छन्। ताजगी र स्फूर्ति बढ्छ। नयाँ परिकार बनाएर खाने खुवाउनेमा मन जान्छ। दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध गर्नुहोस्। मिहिनेत र बुद्धिकौशलले साथीबीच विद्वान् साबित हुनुहुन्छ। भाग्यबल २०%, शुभअङ्क २, शुभरङ सेतो/उज्यालो। मन्त्र: ॐ सर्वकामप्रदायै नमः (११ पटक)।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक जीवन सहजै बित्छ तर पतिपत्नीमा विचार नमिल्न सक्छ। समर्पण भाव र मायाप्रीति कायमै रहन्छ। अवसरको खोजी गर्नुहोस्। प्रतिष्ठित संस्थान वा विदेशमा उच्च शिक्षाका लागि प्रयास गर्नुहोस्। इच्छाशक्ति बढ्छ, मानसम्मान र प्रतिष्ठा बढ्छ। दायित्व र जिम्मेबारीको बोध गर्नुहोस्। भाग्यबल ३०%, शुभअङ्क १, शुभरङ हरियो। मन्त्र: ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः (०८ पटक)।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नुहोस्। सानो कुरा पनि नलुकाउनुहोस् नत्र विश्वासको सङ्कट हुन्छ। मन केन्द्रित हुँदैन, एकोहोरिने र खिन्नता बढ्छ। यात्राको कार्यक्रम छ भने पनि निरस लाग्छ। लगानीमा जोखिम र सङ्कट हेर्नुहोस्। मार्केटिङ, यातायात र ढुवानी व्यवसायमा लाभ लिनुहोस्। भाग्यबल ५०%, शुभअङ्क ३, शुभरङ नीलो/कालो। मन्त्र: ॐ मन्दचेष्टाय नमः (२३ पटक)।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन्। धेरै मिहिनेत र प्रयास गर्नुहोस्। लगनशीलता र मिहिनेतको पुरस्कार मिल्छ। आत्मविश्वास र सुदृढ लक्ष्यले सफलतातर्फ अग्रसर बनाउँछ। रचनात्मक र सिर्जनात्मक सोचले अद्भूत परिणाम दिन्छ। रोकिएको काम बन्छ, पदीय दायित्व बढ्छ। आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिन्छ। भाग्यबल ९०%, शुभअङ्क २, शुभरङ नीलो/कालो। मन्त्र: ॐ छायापुत्राय नमः (२३ पटक)।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम र कर्तव्यप्रति दिलचस्पी जाग्छ। नाम र व्यक्तित्वको सुगन्ध फैलिन्छ। व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको अवसर मिल्छ। पुरस्कार प्राप्त गर्ने योग छ। आलस्य त्यागेर मिहिनेत गर्दा राम्रो उपलब्धि मिल्छ। कार्यक्षेत्रमा व्यस्त रहनुहुन्छ। व्यस्तताको बारेमा लवमेटलाई बताएर मन राख्नुहोस्। भाग्यबल ७५%, शुभअङ्क १, शुभरङ नीलो/कालो। मन्त्र: ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः (२३ पटक)।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक वा परोपकारी काममा मन जान्छ। भाग्यले साथ दिन्छ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्छ। आर्थिक क्षेत्र सामान्य रहन्छ। धार्मिक/सामाजिक काममा समय दिँदा बाहिर अलमल्नुहुन्छ। लगनशीलताले कारोबारमा प्रभाव पर्दैन। सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्छ। घर र छरछिमेकको धार्मिक काममा सहभागी हुनुपर्छ। भाग्यबल १५%, शुभअङ्क ९, शुभरङ हरियो। मन्त्र: ॐ शं शनैश्चराय नमः (२३ पटक)।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरकारी निकाय वा प्रशासनिक कामले चिन्ता बढाउँछ। बाहिर जाँदा कागजपत्र बोक्नुहोस् नत्र झमेला आउँछ। करियर वा कामधाममा बाधा छ भने तनाव नलिनुहोस्। कामको गुणस्तर सुधार गर्न प्रयास गर्नुहोस्। पारिवारिक वातावरण सामान्य रहन्छ। घरायसी प्रबन्धमा व्यस्त हुनुहुन्छ। भावना र इच्छाको कदर हुँदैन, मन अशान्त बन्छ। भाग्यबल १०%, शुभअङ्क ८, शुभरङ नीलो/कालो। मन्त्र: ॐ शं सूर्यात्मजाय नमः (२३ पटक)।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तित्वमा निखार आउँछ। धेरैको मन लोभ्याउन सकिन्छ, प्रेमिल भावना विकसित हुन्छ। आत्मकेन्द्रित भएर आफ्नो मात्र सोच्दा नजिकका आफन्त टाढिन्छन्। कार्यालयमा नौलो कामको जिम्मा लिएर खट्नुपर्छ। घरपरिवार र जीवनसाथीको चाहनालाई समय दिनुहोस्। घुमघाम वा एकान्तमा रमाउने सुन्दर दिन हो। लवमेट खोज्दै हुनुहुन्छ भने नयाँ प्रस्ताव आउँछ। भाग्यबल ८५%, शुभअङ्क ७, शुभरङ रातो। मन्त्र: ॐ कामाक्षीदेव्यै नमः (०९ पटक)।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img