बाँके। बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार झडप छुट्याउन गएको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि हवाई फायर गर्नुपरेको हो।
प्रहरीले घटनास्थलबाट बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको राठौरले जानकारी दिए।
झडपमा परी घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।