इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा अस्पतालका चिकित्सक जबरजस्ती करणीको आरोपमा पक्राउ

हेटाैँडा । हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगर नजिक डेरा गरी बस्दै आउनुभएका ३१ वर्षीय प्रियम यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक प्रहरी अधिकारीका अनुसार १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा यादवलाई गत मंसिर ६ गते राति पक्राउ गरिएको हो।

किशोरीले सोही दिन साँझ ७ः५५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा घटनाबारे जानकारी गराउनुभएको थियो। त्यसलगत्तै प्रहरीले यादवलाई हेटौँडा अस्पतालबाटै नियन्त्रणमा लिएको हो।

यादवलाई प्रहरी नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता

क्रिकेटर रिजन ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्टको १ लाखसहित सम्मान

हेटाैँडा। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर रिजन ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेजले नगद एक लाख रुपैयाँसहित…

क्रिकेटर रिजन ढकाललाई हेटौँडा उपमहानगरको एक लाखसहित सम्मान

हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर रिजन ढकाललाई हेटौँडा उपमहानगरपालिकाले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ। हेटौँडा उपमह…