बर्दियाको राजापुर नगरपालिका–१० मझरामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १३ वर्षीया कमलासिंह ठकुरी रहेकी छिन्।
प्रहरीका अनुसार सोमबार साँझ करिब ५ बजे घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले उनलाई आक्रमण गरी लगेको थियो।
बेपत्ता बालिकाको खोजी गर्ने क्रममा घरदेखि करिब तीन सय मिटर दक्षिण–पश्चिममा रहेको सिमलको झ्याङमा उनको शव फेला परेको हो। चितुवाको आक्रमणबाट बालिकाको घाँटीलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।