काठमाडाैँ । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ।
यसअघि निरन्तर घटिरहेको सुनको मूल्य सोमबारदेखि पुनः बढ्न थालेको हो। सोमबार सुन तोलामा ४ हजार ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँमा किनबेच भएको थियो।