काठमाडाैँ।लगातार १० दिनदेखि ओरालो लागिरहेको नेपाली बजारमा सुनचाँदीको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ८०० रुपैयाँले उकालो लागेर प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ।
महासंघका अनुसार आइतबार सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। गत कात्तिक २७ गतेदेखि सुनचाँदीको मूल्य निरन्तर घट्दै आएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ एक वर्षयताकै न्यून विन्दुमा झरेपछि आज पुनः उकालो लागेको महासंघले जनाएको छ।