काठमाडाैँ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज बिहानैदेखि तीव्र गतिमा हावाहुरी चलिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गोरखा, म्याग्दीलगायतका जिल्लामा बिहानैदेखि हावाहुरी चलेको हो। हावाहुरीको क्रम केही समयसम्म निरन्तर रहने भएकाले ती क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज बिहान केही स्थानमा हावाहुरीसँगै हुस्सु र कुहिरो लागे पनि दिउँसोपछि भने मौसम सफा रहने छ।