Sunday, April 27, 2025
अन्तर्राष्ट्रियभारतको भोपालमा ग्यास चुहावट हुँदा २० हजारको मृत्यु भएको त्यो दिन
spot_img

भारतको भोपालमा ग्यास चुहावट हुँदा २० हजारको मृत्यु भएको त्यो दिन

आज ४ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

भोपालमा ग्यास दुर्घटना
भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २० हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका पाँच लाख मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिएको थियो । यसलाई विश्वकै सवैभन्दा खराब औधोगिक दुर्घटना मानिन्छ ।

इरानमा खमेनीको उदय
सन् १९७० मा इरानमा आयोतोल्लाह खमेनी त्यहाँको राष्ट्रपति बनेका थिए । धार्मिक नेता खमेनी सन् १९७९ को इरान क्रान्तिको समयका मुख्य नेता थिए ।

पहिलो पटक नियोन लाइटको आविश्कार
सन् १९१० मा पहिलो पटक नियोन लाइट सार्वजनिक गरिएको थियो । अधिकांंश सहरी क्षेत्रमा देखिने यो लाइटको फ्रान्सेली इन्जिनियर जर्ज क्लाउडेले पहिलो पटक आविश्कार गरेका थिए । ती लाइटलाई पहिलो पटक पेरिस मोटर सोमा प्रदर्शन गरिएको थियो ।

अमेरिकाको २१ औं राज्य इलिनोइस
सन् १८१८ को ३ डिसेम्बरमा मध्यपश्चिमी राज्य इलिनोइस अमेरिकामा आबद्ध भएको थियो । इलिनोइस अमेरिकामा आबद्ध हुने २१ औं राज्य हो । तीन ओटा अमेरिकी राष्ट्रपतिले इलिनोइसलाई आफ्नो गृहराज्य बताउँदै आएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img