Tuesday, March 18, 2025
विविधबुबाको मुख हेर्ने दिन तपाईंलाई काम लाग्ने ३० स्टाटस

बुबाको मुख हेर्ने दिन तपाईंलाई काम लाग्ने ३० स्टाटस

बुवा सबैका आर्दशका पात्र । तिनै आदर्श पुरुष बुबाको मुख हेर्ने दिन आफ्ना जन्म, कर्म दिने पितालाई सम्मान अर्पण गरिन्छ ।

नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा अनुसार भाद्र महिनाको अमावस्या अर्थात औंसी तिथिका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ ।

बुबालाई सम्मान गर्ने गरी सामाजिक सञ्जालमा भेटिएका केही स्टाटस यहाँ तपाईंसँग शेयर गरेका छौं । जुन तपाईंलाई शुभकामना आदानप्रदानका लागि सहयोगी बन्नेछन् :

  •  सबैले भन्छन् म आमा जस्ति देखिन्छु रे, साँचो हो, तर म त हुँ बाबाकी प्यारी छोरी ।
  •  चाहे जति अलार्म लगाओ, बिहान उठ्न बुवाकै आवाज काफी हुन्छ ।
  •  हरेक अपराध र गल्तिलाई माफ गर्ने मात्र एक ब्यक्ति हुन्छ, बुवा ।
  •  म यहासम्म पुग्नुमा हरदिन मेरो बुवाको मेहनत छ ।
  • . मेरो हिम्मत र मेरो कमजोरी दुबै हजुर नै हो बुवा ।

—-

  •  जसको रिसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहालाई नै बुवा भनिन्छ ।
  •  एक हस्ती जो मान हो मेरो, मेरो बुवा पहिचान हो मेरो ।
  •  पिता बन्नु पिता हुनु भन्दा सजिलो छ ।
  •  तपाईको ओठमा हासो कमाएको दिन म धनि हुनेछु, बुवा ।
  •  हरेक छोरी हुनेवाला पतिमा आफ्नो बुवाको स्वभाव खोज्छिन्, थाहा छ किन ? किनकी गाली गरेपछि पनि बुवा छोरीलाई हसाउँन जान्दछन् ।

—-

  •  मेरो जन्मदाता, मेरो संरक्षक र मेरो सच्चा सर्मथक मेरो बुवालाई धेरै धेरै शुभकामना ।
  • हरेक सफल छोरीका पछाडि एक पिताको हात हुन्छ ।
  • दुखी हुदा बुवाहरु रुदैनन्, त्यसैले बुवाहरु हर्टअट्याकले बित्ने गर्दछन् ।
  •  बुवा निमका रुख झै हुन्, जो तितो भए पनि लाभदायक हुन्छन् ।
  • पिता बाहेक अरु कसैले तपाई उ भन्दा सफल हुनुहोस् भने चाहँदैन ।
  • म तपाईको नामबाट मात्र पुर्ण छु, बुवा । यो नै मेरो शान हो ।

—-

  • तपाईको कठोरता भित्रको वास्तविकता बुझ्न सकिन, सरी बुवा ।
  •  सायद तपाई भएको भए, यो बेला म संसारको धनि मानिस हुने थिए । बुवा ।
  •  बाल्यकालमा मलाई बुवाभन्दा साँझ प्यारो लाग्थ्यो, बुवा खेलौना ल्याउनुहुन्थ्यो अनि साँझ मेरो बुवालाई घर फर्काउथ्यो ।
  • विश्वका सबैभन्दा धनी मानिस पनि आमाबुवा बिना, गरीब हुने गर्दछ ।
  •  हर सफल मानिसको पहिचान पनि उसको पिताबाट बनेको हुन्छ ।
  • सपना मेरा थिए, तर पुरा बुवाले गर्नुभयो, बाटो म हिड्दथे तर बाटो बुवाले देखाउनु भयो ।
  •  बुवा मेरो त्यो घमन्ड हो जो कसैले तोड्न सक्दैन ।

—-

  •  इच्छा त बुवाको कमाइले पुरा गरिन्थ्यो, आफ्नो कमाइले त गुजारा मात्र हुन्छ ।
  •  मेरो साहस, मेरो इज्जत, मेरो सम्मान हो, बुवा ।
  •  मेरो शक्ति, मेरो पुँजी, मेरो पहिचान हो बुवा ।
  • . जिन्दगी जिउनुको मजा त, तपाईसँग सिक्का मागेर खर्चिनुमा हुन्थ्यो । आफ्नो कमाई त आवश्यकता टाल्दा टाल्दै सकिन्छ ।
  •  म त्यो दिनको पर्खाईमा छु, जुन दिन म तपाई जस्तो बन्न सक्छु, बुवा ।
  •  बुवालाई म के उपहार दिऊ, जन्मदाता उपहार दिने हैसियत मसँग छैन ।
  •  तपाईको रीस देखेर म सानोमा डराउथे बुवा, सायद मैले बुझिन त्यो तपाईको प्रेम थियो ।
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img