साहित्यपिएको मान्छे

पिएको मान्छे

उ पिएको मान्छे मात्र उसले पिएको थियो
देह निश्चित अनि खुट्टा मात्र अनिश्चित थियो
उ वक्ता बोली तथ्य मात्र नजरमा बहुला
सुनिदिने सत्य तर नजर बहुलाकै थियो ।।

मिठास छैन् बोलीमा उस्को अलि क्रोधित थियो
सत्यहरू ओक्लदै अनि भ्रमहरु पखालदै थियो
भन्न् नसकेको अन्यायका कुराहरु अरुबेला
बुहारीको सासनको कुरा छोरालाई सुनाउदै थियो ।।

राणाशासन पछिको प्रजातन्त्र पछिको कुराहरू
लोकतन्त्र, गणतन्त्र, पञ्चायत बेवस्ता अनि राजतन्त्र
पछिका कुराहरू निर्धक्क अनि निडर भएर उच्च शाहसले
सुनाउदै थियो आफूले सहेको ती घातका कुराहरू ।।

सधैं कायर उ आज कहिल्यै डराउनु हुँदैन भन्छ
क्रोध लोभ झुट त्यागेर हिडँ डराउन पर्दैन भन्छ
उ फिका बादलहरुमै भयको लक्षण देखाइरहने मान्छे
गर्जिएको मेघलाई पनि विरताको भाव देखाई रहन्छ

(निराज तिमल्सिना)

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img