समाजघरायसी विवादमा आमा र बहिनीले कुट्दा एक जनाको मृत्यु

घरायसी विवादमा आमा र बहिनीले कुट्दा एक जनाको मृत्यु

मोरङ । घरायसी विवादमा आमा र बहिनीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका–५ का ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट हिजो राति मृत्यु भएको हो ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया बातियो उराउबीच शनिबार साँझ घरायसी विवाद भएको थियो ।

विवादमा आमा बातियो र बहिनी ३० वर्षकी रिता उराउले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।कुटपिट गर्ने दुबै जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img