देशघरमै सिमकार्ड पुर्‍याउने गरी नेपाल टेलिकमको 'हुलाक–सिम सेवा' सुरु

घरमै सिमकार्ड पुर्‍याउने गरी नेपाल टेलिकमको ‘हुलाक–सिम सेवा’ सुरु

मकवानपुर । अब नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन टेलिकम वा दूरसञ्चार कार्यालय धाइराख्नु नपर्ने भएको छ। सरकारले नागरिकको घरदैलोमै सिमकार्ड पुर्‍याउने लक्ष्यका साथ ‘हुलाक–सिम सेवा’ सञ्चालनमा ल्याएको हो।

​सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले मन्त्रालयबाट यो सेवाको औपचारिक शुभारम्भ गरेका छन्। नयाँ व्यवस्थाअनुसार ग्राहकले नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा रहेको ‘पोस्टल सिम पोर्टल’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

​अनलाइनमार्फत कागजात छानबिन भएपछि ग्राहकले सिमको ९० रुपैयाँ र हुलाक डेलिभरी शुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ अनलाइनबाटै भुक्तानी गर्नुपर्नेछ। भुक्तानी प्रक्रिया पूरा भएपछि सम्बन्धित क्षेत्रका हुलाक कर्मचारीले सिमकार्ड आवेदकको ठेगानामै पुर्‍याइदिने व्यवस्था मिलाइएको छ।

​सरकारले सहरी क्षेत्रमा भुक्तानी भएको २ घण्टाभित्र र ग्रामीण भेगमा बढीमा ३ दिनभित्र सिमकार्ड घरमै पुर्‍याउने लक्ष्य राखेको छ।

​सेवाको शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक सरकारी कुरियरका रूपमा विकास गर्न लागिएको बताए। उनले आगामी दिनमा अन्य सरकारी तथा प्रशासनिक सेवालाई पनि यसैगरी डिजिटल र प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार