देशबागमती प्रदेशरसुवा–भोटेकोशी बाढी: पुनर्निर्माण र राहतबारे छलफल गर्न प्रदेशसभा बैठक बोलाउन माग

रसुवा–भोटेकोशी बाढी: पुनर्निर्माण र राहतबारे छलफल गर्न प्रदेशसभा बैठक बोलाउन माग

मकवानपुर । बागमती प्रदेशसभा सदस्य शुष्पा भुजेल न्यौपानेले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपीडितको राहत, पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणबारे छलफल गर्न प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेकी छन्।

​उनले उपसभामुख अप्सरा चापागाईंलाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रदेशसभा बैठक यथाशीघ्र आह्वान गर्न माग गरेकी हुन्। बागमती प्रदेशसभाका प्रवक्ता प्रकाश चापागाईंका अनुसार सांसद न्यौपानेले बाढीपहिरो प्रभावितको समस्या र सरकारी कदमबारे सदनमा छलफल हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएकी हुन्।

​गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीपहिरोका कारण सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था तथा कृषि क्षेत्र क्षतिग्रस्त बनेको छ।

​ध्यानाकर्षणपत्रमा क्षतिको यथार्थ विवरण, हालसम्म भएका उद्धार तथा राहतका काम र मृतकका परिवार एवं घाइतेलाई दिइने सहायताबारे सदनमा छलफल हुनुपर्ने उल्लेख छ। साथै प्रभावित नागरिकको पीडामा जनप्रतिनिधिमूलक संस्था मौन बस्न नमिल्ने भन्दै सम्बन्धित मन्त्रीबाट घटनाबारे जानकारी लिन र पुनर्निर्माणलाई प्रभावकारी बनाउन आवश्यक निर्णय लिन माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार