काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र ननिकाल्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले घोषणापत्रको सट्टा ‘वाचा पत्र’ निकाल्ने बताएका हुन् ।
आइतबार सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्,‘गर्नै नसकिने झुठो आश्वासनको ‘घोषणा पत्र’ होइन, गर्नै पर्ने र निश्चित समयमा गरी छाड्ने ‘वाचा पत्र’ को अन्तिम तयारीका लागि पार्टी मुख्यालय (घण्टी घर) काठमाडौं आएको छु ।’ उनले देउसी खेल्न भने चितवनमा जाने बताएका छन् ।
उनी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछाने चितवन क्षेत्र नम्वर २ बाट उम्मेदवार हुन ।