Sunday, July 20, 2025
देशबागमती प्रदेशबागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार

बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार

spot_img

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हालै सार्वजनिक एक वार्षिक समीक्षा कार्यक्रममा एउटा नयाँ विचार प्रस्तुत गरे। उनले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै, प्रदेशभरि निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गर्ने योजना अघि सारेका छन्। तर, उनको दृष्टिकोणमा मुख्य ध्यान उपचारमा मात्र सीमित छैन—उनी रोग नै नलाग्ने जीवनशैलीको वकालत गर्दै छन्।

मंगलबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लामाले स्वास्थ्यको प्रवर्द्धनका लागि सुसूचित नागरिकको आवश्यकता रहेको बताए। उनका अनुसार, रोग लाग्न नदिनु नै वास्तविक स्वास्थ्य सुरक्षा हो। उनले नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने चेतनामूलक कार्यक्रम ल्याउने आवश्यकता औँल्याए। “स्वास्थ्य मन्त्रालयले अब बिरामी परेर उपचार गर्नेभन्दा पनि, बिरामी नै हुन नदिने योजनामा बढी ध्यान दिनुपर्छ,” उनले भने।

- Advertisement -

मुख्यमन्त्रीले अप्रमाणित खाद्यवस्तुहरूका कारण बढ्दो स्वास्थ्य समस्या देखेर चिन्ता व्यक्त गरे। “हामीले बजारमा पाइने अप्रमाणित र परीक्षण नगरिएका खाद्यवस्तुहरूको सेवन रोक्नुपर्छ। नागरिकलाई व्यवस्थित जीवनशैली अपनाउन अभिप्रेरित गर्नुपर्छ,” लामाले थपे। यस्तो चेतनामूलक पहलले दीर्घकालीन रूपमा जनताको स्वास्थ्यमा सुधार ल्याउने उनको विश्वास छ।

स्वास्थ्य क्षेत्रको सुधारमा मन्त्री किरण थापामगरले पनि सहमति जनाए। संघीयताको आगमनसँगै स्वास्थ्य क्षेत्रको पूर्वाधार र जनशक्तिमा सुधार भएको भन्दै उनले प्राविधिक जनशक्तिमा भएको वृद्धिलाई प्रमुख सफलता मानिएको बताए। “स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न हामीले महत्वपूर्ण काम गरेका छौं,” थापामगरले भनाइ राखे।

कार्यक्रममा वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बिरामीको स्वास्थ्यलाई केन्द्रमा राखेर स्वास्थ्यकर्मीले काम गर्नुपर्नेमा जोड दिए। “स्वास्थ्यकर्मीको उद्देश्य बिरामीको सुधारमा केन्द्रित हुनुपर्छ,” उनले भने। स्वास्थ्यकर्मीको इमानदारी र समर्पणले नागरिकको विश्वास जित्न सक्ने उनको विश्वास छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img