मकवानपुरबागमती गाउँपालिकाबागमती गाउँपालिकाको बजेटविरुद्ध परेको रिट उच्च अदालतद्वारा खारेज

बागमती गाउँपालिकाको बजेटविरुद्ध परेको रिट उच्च अदालतद्वारा खारेज

हेटौँडा | बागमती गाउँपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ का नीति तथा कार्यक्रम र बजेटविरुद्ध उच्च अदालतमा परेको रिट खारेज भएको छ। उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश शान्ति सेढाई सापकोटा र सानू मैया डंगोलको संयुक्त इजलासले बुधबार रिट खारेज गर्ने निर्णय गरेको हो।

गाउँपालिकाको अध्यक्ष सर्केश घलान र निवर्तमान प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानविरुद्ध गत असारमा दायर गरिएको उत्प्रेषण परमादेश मुद्दा अदालतले खारेज गरिदिएको छ।

बागमती गाउँपालिकाले प्रस्तुत गरेको बजेट रोक्न उपाध्यक्ष फणीन्द्र तिमल्सिना, बागमती–९ का वडाध्यक्ष पुनराम घलान, बागमती–८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिना, र बागमती–७ का वडाध्यक्ष उत्तरबहादुर भोलनले संयुक्त रूपमा अदालतमा रिट दर्ता गराएका थिए।

यस निर्णयसँगै गाउँपालिकाले ल्याएको बजेट कार्यान्वयनमा अब कुनै बाधा नरहनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img