मकवानपुरकैलाश गाउँपालिकाकैलाशमा वाइन टु वाटरसँग खानेपानी तथा सरसफाइ परियोजनाको सम्झौता

कैलाशमा वाइन टु वाटरसँग खानेपानी तथा सरसफाइ परियोजनाको सम्झौता

कैलाश  | भौगोलिक रूपमा विकट मानिने मकवानपुरको कैलाश गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा साझेदारीमा काम गर्न वाइन टु वाटर नेपाल (डब्लुडब्लुएन) सँग तीन वर्षे सम्झौता गरेको छ।

गाउँपालिकाको कार्यालयमा अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक निजन श्रेष्ठबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। यस सम्झौता अन्तर्गत वास (Water, Sanitation and Hygiene) परियोजना विशेष गरी सेवा नपुगेका समुदाय, विद्यालय र स्वास्थ्य संस्थामा लागू गरिनेछ।

गाउँपालिका अध्यक्ष मुक्तानका अनुसार, “हामीले विपन्न, पहुँचविहीन र उपेक्षित वर्गलाई स्वच्छ खानेपानी र सरसफाइको पहुँच पुर्‍याउने लक्ष्य राखेका छौं। वाइन टु वाटरसँगको सहकार्यले यस क्षेत्रमा ठोस सुधार ल्याउने अपेक्षा गरेका छौं।”

परियोजना कार्यान्वयनका लागि गाउँपालिकाले कूल बजेटको कम्तीमा २५ प्रतिशत हिस्सा विनियोजन गर्नेछ भने १० प्रतिशत उपभोक्ताको सहभागिता रहनेछ। बाँकी ६५ प्रतिशत लागत वाइन टु वाटरले बेहोर्नेछ। कार्यान्वयन उपभोक्ता समितिमार्फत हुनेछ।

संस्थाका कार्यक्रम प्रवन्धक यज्ञराज जोशीका अनुसार, “सम्झौता ०८५ असार मसान्तसम्म कायम हुनेछ। तीन वर्षको अवधिमा घरपरिवार, विद्यालय र स्वास्थ्य संस्थामा वास परियोजना लागू गरिनेछ।” सम्झौता पूर्व १२ वटा खानेपानी तथा सरसफाइ योजनाको सम्भाव्यता अध्ययन भइसकेको छ भने आगामी आर्थिक वर्षमा ७ वटा योजना कार्यान्वयनमा ल्याइने जानकारी उनले दिए।

समझदारी पत्रमा गाउँपालिका अध्यक्ष मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक श्रेष्ठ र कार्यक्रम प्रवन्धक जोशीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img