Saturday, April 19, 2025
मकवानपुरमकवानपुरगढी गाउँपालिकामकवानपुरगढी १ नम्बर वडा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा
spot_img

मकवानपुरगढी १ नम्बर वडा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा

हेटौडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर – १ आजबाट अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको छ । आज बिहिबार एक कार्यक्रम बीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको हो ।]

makwanpuragadhi

गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी पाख्रिन (नेपाली) ले सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गर्नु भएको हो । घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष पाख्रिनले आम वडाबासिलाई साक्षी राखेर यस्तो कार्यक्रमको घोषणा गर्न पाएकोमा खुसि व्यक्त गर्नु भयो । कार्यक्रमा बोल्दै पाख्रिनले वडाभित्र बसोवास गर्दै आएका बिद्यालय जाने उमेरका कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेका पाइएकाले वडालाई अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताउनु भयो । पाख्रिनले संविधानमा भएको व्यवस्था लागु गर्न नेपाल सरकारले सुरु गरेको अभियानमा स्थानिय तहले साथ दिएको बताउनु भयो । साथ – साथै आजकै मिति देखि कुनै पनि विद्यालयहरुलाई कुनै पनि शिर्षकमा पैसा नलिनको लागि पनि पाख्रिनले अनुरोध गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रसशाकिय अधिकृत राजेन्द्र कार्कीले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गर्न लागिएको र आज वडा नम्बर – १ बाट घोषणा कार्यक्रम सुरु गरिएको र बिस्तार सबै वडामा यो कार्यक्रम घोषणा गरिने कार्कीले बताउनु भयो साथै कार्कीले गरिब तथा बिपन्न बर्गलाई लक्षित गर्दै आवासीय रुपमा नै बिध्यार्थीहरुलाई पठन पाठनको लागि व्यवस्थापन गर्न लागेको र गाउँपालिका नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने बताए । अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अभिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधा ( नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र) नपाउने ऐनमा नै व्यवस्था भएको प्रमुख प्रशासकिय अधिकृत बताए ।

कार्यक्रम मकवानपुरगढी गाउँपालिका वडा नम्बर – १ का वडाध्यक्ष एवम् वडा शिक्षा समितिका अध्यक्ष श्री आइत सिंह लो को सभाध्यक्षता एवम मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री मान कुमारी पाख्रीन (नेपाली) को प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की विशेष आतिथ्यता रहेको थियो ।

घोषणा कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री राम बहादुर घलान, गाँउपालिकाका प्रशासन प्रमुख रधुनाथ हुमागाँई, एम‍‍‍. आई. एस. अपरेटर मनोज देबकाेटा, वडाका सामुदायिक विद्यालयका अध्यक्षहरु, प्रधानअध्यापक ,शिक्षक, बाल समूह, किशोरी समूह, राजनैतिक दल, टोल विकास सस्था, आमा समूह , वडा जनप्रतिनिधिहरु, वन समूह लगायत सस्थाका सस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

निःशुल्क शिक्षा लागु भएको वडा घोषणा कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाई जेठ मसान्त भित्र मकवानपुरगढी गाउँपालिकालाई नै अनिवार्य तथा निस्शुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री राम बहादुर घलानले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img