देशगण्डकी प्रदेशआमा समूहलाई भजन सामग्री वितरण

आमा समूहलाई भजन सामग्री वितरण

बागलुङ – काठेखोला गाउँपालिकाले आमा समूहलाई भजन सामग्री वितरण गरेको छ। गाउँपालिका-२  भिमपोखराले साविकका नौ वटै वडाका नौवटा आमा समूहलाई एक हप्ताको भजन प्रशिक्षणसहित भजन किर्तनका लागि आवश्यक सामग्री वितरण गरेको हो।

वितरण गरिएको सामग्रीमा हार्मोनियम, माइक, म्याट, झोला लगायत समान रहेका छन्। सामग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख बिना थापा, प्रदेशसभा सदस्य निर्मला थापा, धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा. डिल्लीराज गौतमलगायतले आमा समूहको क्षमता विकासमा योगदान पुर्याउने कार्यको प्रशंसा गरेका थिए।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिध्यापती शर्माले गरेका थिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img