Saturday, July 19, 2025
समाजआमा समूहलाई भजन सामग्री वितरण

आमा समूहलाई भजन सामग्री वितरण

spot_img

बागलुङ – काठेखोला गाउँपालिकाले आमा समूहलाई भजन सामग्री वितरण गरेको छ। गाउँपालिका-२  भिमपोखराले साविकका नौ वटै वडाका नौवटा आमा समूहलाई एक हप्ताको भजन प्रशिक्षणसहित भजन किर्तनका लागि आवश्यक सामग्री वितरण गरेको हो।

वितरण गरिएको सामग्रीमा हार्मोनियम, माइक, म्याट, झोला लगायत समान रहेका छन्। सामग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख बिना थापा, प्रदेशसभा सदस्य निर्मला थापा, धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा. डिल्लीराज गौतमलगायतले आमा समूहको क्षमता विकासमा योगदान पुर्याउने कार्यको प्रशंसा गरेका थिए।

- Advertisement -

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिध्यापती शर्माले गरेका थिए।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img