सुनसरी / मोरङको बूढीगंगा गाउँपालिका ७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारको चिर्पट प्रहार गरी ह’त्या भएको ।
ह’त्याको अभियोगमा सोही गाउँपालिका- ५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते करणको गोल्डेन अस्पताल विराटनगरमा राति उपचारको क्रममा मृत्यु भएको हो ।
कात्तिक १८ गते साँझ उनीहरूबीच आपसी वादविवादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।