देशकोशी प्रदेशधनुषाका विद्यार्थी बोकेको बस इलाममा दुर्घटना,१२ वर्षका एक बालकको मृत्यु

धनुषाका विद्यार्थी बोकेको बस इलाममा दुर्घटना,१२ वर्षका एक बालकको मृत्यु

सुनसरी : इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा धनुषाधाम नगरपालिकाका १२ वर्षे अर्पण लामाको ज्यान गएको छ ।

आज आइतवार भएकाे दुर्घटनामा गाडीमा रहेका ३७ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी नजिकका अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

धनुषाको धारापानीबाट इलाम घुम्न गएको विद्यार्थीको टोली दुर्घटनामा परेको हो । ना ६ ख ८४२४ नम्बरको विद्यार्थी बोकेको बस कन्यामबाट धनुषा फर्कने क्रममा मेची राजमार्गमा पर्ने इलामको लसुनेमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img