Saturday, May 24, 2025
देशकोशी प्रदेशलहरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनको मृत्यु
spot_img

लहरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनको मृत्यु

spot_img

मोरङ- मोरङको बूढीगंगा गाउँपालिका- ४ प्रगती टोलमा लहरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ ।

आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ४ का ६० वर्षीया ज्योती अधिकारीकी ४ वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवत्ता डीएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आज बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो । उक्त लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ ।

पल्टिएको लहरीले थिचेर तीन जना बालाबलिकाको घटनास्थलमा मृत्यु भएको हो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img