Thursday, December 5, 2024
देशकोशी प्रदेशधनकुटामा व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै गरिने

धनकुटामा व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै गरिने

धनकुटा – धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै गरिने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो ।

यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिला लगायतका लागि नगरपालिका कार्यालय नै पुग्नुपर्ने बाध्यता थियो । व्यवसायसँग सम्बन्धी सम्पूर्ण काम वडाबाटै हुने गरी अधिकार प्रत्यायोजन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।

व्यवसायीहरूलाई सजिलो बनाउन वडालाई अधिकार प्रत्यायोजन गरेको हो । व्यवसायसँग सम्बन्धी कामका लागि अब नगरपालिका आइरहनु पर्ने बाध्यता हटेकाले व्यवसायीहरूलाई निकै सहज हुने प्रमख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी गराए ।

व्यवसाय दर्ताका लागि यसअघि वडा कार्यालयले सर्जमिन मुचुल्का गरेर नगरपालिकालाई सिफारिसको काम मात्र गर्दै आएको थियो ।

नगर कार्यपालिकाको निर्णयपछि व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसँग सम्बन्धित सबै काम वडाबाटै गर्न थालिएको धनकुटा–९ का वडाध्यक्ष टंक प्रसाद रोईलाले जानकारी दिए । सेवा सुरु गर्नुअघि १० वटै वडाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ ।

धनकुटा नगरपालिकाका राजश्व अधिकृत राजु गुरागाईँका अनुसार नगरमा करिब तीन हजार व्यवसाय दर्ता छन् । वार्षिक करिब दुई सय नयाँ व्यवसाय दर्ता हुने गरेका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img