देशकोशी प्रदेशसंखुवासभामा खुकुरी प्रहारबाट युवकको हत्या

संखुवासभामा खुकुरी प्रहारबाट युवकको हत्या

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका २ ज्यामिरेस्थितमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ ।

शुक्रबार बेलुका विक्रम राईको घरमा गएका स्थानीय २९ वर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहन्शिल राईबीच आपसी विवाद हुँदा सहन्शिलले रविनलाई धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा प्रहार हुँदा घाइते भएका रविनको जिल्ला अस्पताल संखुवासभामा उपचारपश्चात थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा शनिबार बिहान साढे ७ बजे मृत्यु भएको हो ।

शनिबार मृत्यु भएपनि प्रहरीले घटनाबारे विवरण आइतबार मात्रै सार्वजनिक गरेको हो । हत्यामा संलग्न सहन्शिललाई प्रहरीले पक्राउ गरेको छ ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img