मोरङ | मोरङको कानेपोखरी गाउँपालिकाले आवास विहीन २० परिवारलाई घर हस्तान्तरण गरेको छ।
एक विशेष कार्यक्रमको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा र चुच्चे नेपालको नक्साको आकारमा दीप प्रज्वलन गरी कानेपोखरी -२ , प्रधान टोलमा २० परिवारलाई सुरक्षित आवास हस्तान्तरण भएको हो।
कानेपोखरी अध्यक्ष राजमति ईङ्नाम र मोरङ क्षेत्र -२ का संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलको प्रमुख आतिथ्यमा १० वटा पक्की दुई कोठे आवास निर्माण गरी गाउँपालिकाका अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिए ।
विसं २०७८ मा नै तत्कालीन गाउँपालिका- नेतृत्वले करिव १ विगाहा क्षेत्रफल खरीद गरेकाे स्थलमा आर्थिक वर्ष २०८०/०८१ मा कूल १० वटा घर टहरा बनाई २० परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको थियो। १ करोड ३२ लाख रुपैयाँ बराबरको लागतमा आवास निर्माण भएको जानकारी गराइएको छ ।



