कोशी प्रदेशइटहरीइटहरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु

इटहरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु

spot_img

इटहरी | इटहरीको आँपगाछी चोक नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।**
आज दिउँसो करिब १२:३० बजे प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा इटहरी-५ तुलसा टोलका २४ वर्षीय नीरज बजगाईंको मृत्यु भएको हो।

घटनालगत्तै गम्भीर घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि न्यूरो अस्पताल धरान पुर्याइए पनि, उपचारकै क्रममा डाक्टरले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक बजगाईंको मोटरसाइकल चालक अनुमति पत्रमा ठेगाना इटहरी-२ उल्लेख छ। दुर्घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img