Thursday, March 20, 2025
समाजबसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर मृत्यु

बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर मृत्यु

काठमाडौं- स्कुलबाट घर फर्किने क्रममा काठमाडौंमा दुर्घटनामा परेका एक विद्यार्थीको मृत्यु भएकाे छ ।

हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाडौंकाे नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । दाहालको उपचारकाे क्रममा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img