समाजहेटौँडामा २० स्थानीय ठगीको शिकार, मित दाइले उधारो लिई फरार (भिडियो)

हेटौँडामा २० स्थानीय ठगीको शिकार, मित दाइले उधारो लिई फरार (भिडियो)

हेटौँडा। करिब २० स्थानीयवासीले भरपर्दो मानिएका धननारायण श्रेष्ठको ठगीको मारमा परेका छन्। गंगा शिवाकोटी धिताल, जसले मित दाइका रूपमा धननारायणलाई परिवारको सदस्य मानिन्, अहिले ठूलो आर्थिक संकटमा छन्। घर धितो राखेर सापटी जुटाएको रकम गुम्दा उनका लागि घर लिलामीको खतरा बढेको छ।

गंगाको भनाइ अनुसार, श्रेष्ठले मितिनीको नातामा विश्वास दिलाएर ४४ लाख रुपैयाँ सापटी लिएका थिए। ठगीपछि गंगाको परिवार मात्र होइन, टोलभरि अन्य थुप्रै व्यक्ति पनि यस्तै आर्थिक चोटको सामना गर्दैछन्। यतिबेला सबै पीडित परिवारहरूले प्रशासनसँग न्यायको याचना गरिरहेका छन्।

पीडित शंकर देउलाले भने, “जसलाई सधैं भरोसा गरिन्थ्यो, उसैले धोका दियो। जिन्दगीभरको दुखले जोडेका रकम दिएर धोका पायौँ।”

गंगाको परिवार मानसिक तनावमा र आर्थिक रूपमा जर्जर अवस्थामा पुगेको छ। स्थानीय प्रशासनले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ भने पीडितहरूले आफ्नो सम्पत्ति सुरक्षित राख्न प्रशासनसँग सहयोगको अपेक्षा गरेका छन्।

बाँकी भिडियोमा:

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img