समाजमकवानपुरमा सि.सं. १२ सैन्य आधारभूत तालिमको अन्तिम कवाज प्रदर्शन सम्पन्न

मकवानपुरमा सि.सं. १२ सैन्य आधारभूत तालिमको अन्तिम कवाज प्रदर्शन सम्पन्न

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ स्थित श्री मध्य पृतना हेडक्वार्टरमा सि.सं. १२ सैन्य आधारभूत तालिमको अन्तिम कवाज प्रदर्शन सम्पन्न भएको छ। नौ महिने उक्त तालिमको समापन समारोह बुधबार पृतनापति उपरथी प्रदीप जङ्ग केसीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो।

समापन कार्यक्रममा पृतनापति केसीले तालिम सफलतापूर्वक पूरा गरेका १०३ जना जवानहरूलाई शुभकामना दिँदै, राष्ट्र, नेपाली सेना र नेपाली जनताप्रति पूर्ण बफादार हुन आग्रह गरे। उनले जवानहरूलाई राष्ट्रको रक्षा, सार्वभौमिकता र संविधानप्रति कर्तव्यनिष्ठ भई सेवाभावले अघि बढ्न निर्देशन दिए। साथै, आफ्नो सीप, कला र कौशललाई राष्ट्रको संरक्षण र हितमा आत्मसात गर्नुपर्ने कुरामा पनि जोड दिए।

सो अवसरमा तालिम पूरा गरी सिपाहीको स्थायी सेवा प्राप्त गरेका जवानहरूलाई दर्जानी चिन्ह प्रदान गरिएको थियो। दर्जानी चिन्ह प्राप्त गरेसँगै जवानहरूले शपथ ग्रहण गरे। समारोहमा कवाज प्रदर्शनमा उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कारसमेत प्रदान गरिएको थियो। पुरस्कार विजेता जवानहरूमा क्रमशः सागर राई, निराजन बोहोरा, विपिन राई, रमेश जबेगु, मिलन मगर र सौगात राई रहेका थिए, जसलाई प्रमुख अतिथि पृतनापति केसीले पुरस्कार हस्तान्तरण गरेका थिए।

त्यसैगरी, पृतनापति केसीले गोरख बहादुर गण मकवानपुरका प्रमुख सेनानी सुबास दाहाललाई सम्मानपत्र प्रदान गर्दै उनको योगदानको कदर गरे।

समारोहमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूणबहादुर दर्जी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, तीनवटै सुरक्षा निकायका उच्च प्रमुखहरू, विभिन्न स्थानीय तहका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तालिमको यो समापन समारोहले नेपाली सेनाका जवानहरूको साहस र समर्पणलाई झल्काउँदैं भविष्यमा उनीहरूको योगदान राष्ट्रको शान्ति र सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने आशा व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img