समाजधौलीगंगा बाँधका ढोका खोलिँदै, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

धौलीगंगा बाँधका ढोका खोलिँदै, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

मकवानपुर । भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि आज रातिदेखि ४८ घण्टाका लागि ढोका खोलिने भएको छ। बाँध खोलिएसँगै महाकाली नदीमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

​जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बाँधमा जम्मा भएको लेदो (सिल्ट) सफाइ गर्नका लागि आज राति १ बजेदेखि सोमबार राति १ बजेसम्म ढोकाहरू खुल्ला गरिनेछ।

​बाँधका ढोका खोलिएपछि महाकाली नदीमा अचानक जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी तथा नदी किनारमा नजान प्रशासनले अनुरोध गरेको छ। सम्भावित कटान र बाढीको जोखिमबाट जोगिन कञ्चनपुरसहित तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन सूचना जारी गरी आग्रह गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img