देशगण्डकी प्रदेशदाउन्नेमा ब्रेक फेल भई बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

दाउन्नेमा ब्रेक फेल भई बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

काठमाडाैँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्।

​कोहलपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस बिहान पौने ४ बजे विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

​दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन्। मृतक अर्का एक पुरुषको भने पहिचान खुल्न बाँकी छ।

​घाइते १० जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु अस्पताल डण्डा पठाइएको छ। कूल १८ जना सवार रहेको उक्त बसका दुई जना यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img