मौसमसुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन, दशैँमा मौसम सफा रहने सम्भावना

सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन, दशैँमा मौसम सफा रहने सम्भावना

मकवानपुर । यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसुन पूर्ण रूपमा हटेको छ।

​बाँकी भूभागबाट पनि मनसुनी वायु कमजोर हुँदै गएकाले आगामी केही दिनभित्रै देशैभरबाट मनसुन बाहिरिने अनुमान गरिएको छ। हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेकाले मनसुन बाहिरिने क्रम सुरु भएको हो। नेपालमा मनसुन बाहिरिने औसत समय अक्टोबर २ मानिन्छ, जसअनुसार यस पटक औसत समयकै आसपासमा मनसुन फर्किन थालेको छ।

​यस वर्ष ६ वर्षयताकै ढिलो गरी जुन १९ मा मनसुन भित्रिएको थियो। भर्खरै बङ्गालको खाडीमा विकसित प्रणालीका कारण देशभर भारी वर्षा गराए पनि अब भने मौसम खुल्न थालेको छ।

​त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलका अनुसार अब ‘पोस्ट-मनसुन’ सुरु हुने भएकाले वायुमण्डलको आद्रता घट्नेछ। जसका कारण अघिल्लो वर्ष हिले दशैँ सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो र सफा मौसममा दशैँ मनाउन पाउने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img