समाजहेटौँडामा कैँची प्रहार गर्ने लामा पक्राउ

हेटौँडामा कैँची प्रहार गर्ने लामा पक्राउ

हेटौँडा | हेटौँडा–१० स्थित एक रेष्टुरेन्टमा बुधबार साँझ भएको विवादमा एक युवक गम्भीर घाइते भएका छन्। हेटौँडा–२, संगमचोकका २८ वर्षीय जेन खड्कीलाई सोही स्थानका २७ वर्षीय उर्गेन लामाले कैँची प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटना बुधबार साँझ करिब ८:१५ बजे जिरो किलोमिटर नजिकैको रेष्टुरेन्टमा भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, पुरानो रिसइबीकै कारण उर्गेनले जेनमाथि आक्रमण गरेका हुन्। प्रहरीले दिएको जानकारीअनुसार, उनीहरूबीच यसअघि पनि पटक–पटक झगडा हुने गरेको बुझिएको छ।

प्रहरीका अनुसार, उर्गेनलाई बिहीबार बिहान ११ बजे उनका परिवारको सहयोगमा पक्राउ गरिएको हो। घाइते खड्कीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले खड्कीको शल्यक्रिया भई हाल अवस्था खतरामुक्त रहेको जानकारी दिए । साथै, अदालतबाट ५ दिनको म्याद थप गरी उर्गेनविरुद्ध ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img