समाजबालगृहकी किशोरीमाथि बलात्कारको अभियोगमा अधिकृत पक्राउ

बालगृहकी किशोरीमाथि बलात्कारको अभियोगमा अधिकृत पक्राउ

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहकी १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेका बालगृह प्रमुख मधुसुदन राउत पक्राउ परेका छन्।

गत असार ८ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिए पनि राउत फरार थिए। शुक्रबार घटनाबारे समाचार सार्वजनिक भएपछि प्रहरीमाथि दबाव बढेको र त्यसपछि राउतलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका राउतलाई हेटौँडा ल्याएर आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइने छ।

चार वर्षदेखि बालगृहमा बस्दै आएकी किशोरीले गत जेठ १ देखि ८ गतेसम्मको अवधिमा राउतले पटक–पटक बलात्कार गरेको आरोप जाहेरीमा उल्लेख गरेकी छिन्। उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन्। कमजोर आर्थिक अवस्थाका कारण उनलाई सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको उक्त बालगृहमा राखिएको थियो।

हाल उक्त बालगृहमा उनीसहित १५ जना बालिकाहरू बस्दै आएका छन्। किशोरीको उजुरीपछि घटनाबारे छानबिन गर्न मानव अधिकारकर्मीहरूले पनि प्रहरी र सम्बन्धित निकायलाई दबाब दिँदै आएका थिए।

मकवानपुरको एक बालगृहमै बालिका बलात्कृत

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img