बागमती प्रदेशमकवानपुरहेटौँडामा नौ वर्षीया बालिका मृत अवस्थामा फेला

हेटौँडामा नौ वर्षीया बालिका मृत अवस्थामा फेला

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ पुल्चोक टोलकी नौ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

पुल्चोक निवासी कुमार थिङकी छोरी प्रभा थिङ भदौ १७ गते साँझ करिब ४ बजेतिर घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । खोजतलासका क्रममा भदौ १८ गते बिहान करिब सवा ८ बजे घरदेखि करिब ७०० मिटर दक्षिणतर्फ राप्ती खोलाको पानीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बालिकाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img