Sunday, April 27, 2025
समाजभारतमा देखियो ओमिक्रोन, नेपाल कति जोखिममा ?
spot_img

भारतमा देखियो ओमिक्रोन, नेपाल कति जोखिममा ?

काठमाडौँ — तीव्र गतिमा फैलिरहेको नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी देश भारतमा पुष्टि भएसँगै नेपाल पनि जोखिममा परेको छ । बिहीबार दुई जनामा पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ६६ वर्ष र ४६ वर्षका पुरुषमा यो भेरिएन्ट पुष्टि भएको छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्ट पुष्टि भएकोमा बिहीबार साँझसम्म भारत गरी ३० देशमा फैलिसकेको छ र ३७५ जना संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको यो भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै वैज्ञानिकहरुले बताइरहेका छन् । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा, बोट्सवाना, जर्मनी, इजरायल, बेलायत, बेल्जियम आदि देशमा यो भेरिएन्ट देखा परिसकेका छन् ।

ओमिक्रोनको जोखिमका कारण सरकारले बुधबार आवश्यक नपरेको खण्डमा विदेश भ्रमण नगर्न आग्रहसमेत गरेको छ । स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गरिरहेको बताएको छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले भारतमा देखिएसँगै नेपाल पनि जोखिममा भएकाले यसतर्फ सचेत रहेको बताउँदै आवश्यक निगरानी गरिरहेको बताए ।

अहिले विश्वव्यापीकरण यति तीव्र छ कि हामीले कुनै सीमाभित्र भाइरस रहन्छ भन्ने कुरा व्यवहारिक र सम्भव हुँदैहुँदैन । कहीं न कहींबाट एक देशबाट अर्को देशमा जाने सक्ने सम्भावनाहरु एकदमै रहेकोले सरकारले निगरानी गर्ने सकेसम्म चाँडै पत्ता लगाउने, नाकामा प्रवेश गर्ने व्यक्तिलाई अनिवार्य क्वारेन्टिनको व्यवस्थाहरु गरेको छ ।

उनले नेपाल प्रवेश गर्नेले अनिवार्य कोरोना संक्रमणको परीक्षण गरेर आउनुपर्ने व्यवस्था गरिएको बताउँदै त्यसरी आएका व्यक्तिहरुमध्ये संक्रमण पुष्टि भएका नमुनामध्ये जीन सिक्वेन्सिङ गरेर कुन भेरियन्ट हो भन्ने पत्ता लगाउने काम सम्बन्धित निकायहरुसँग समन्वय गरेर कामहरु अगाडि बढिसकेको बताए ।

उनले संक्रमण फैलिन नदिन देशभित्र जनस्वास्थ्यका मापदण्डका कुराहरुलाई लिएर अलि बढी व्यवहारमा लानुपर्ने जरुरी रहेको बताए छ । ‘तीव्र गतिमा यो बारे सोचिएन र व्यवहारमा ल्याउन सकेनौं भने स्थलमार्गबाट वा हवाई मार्गबाट संक्रमण फैलिने डर छ । कोभिडविरुद्धको खोप अहिले पनि प्रभावकारी रहेको कुरा आएको छ । खोपलाई तीव्र गतिमा सबै मान्छेलाई लगाइ सक्ने गरी कामहरु सरकारले गरिराखेको छ,’उनले भने ।

अहिलेसम्म कहाँ कति देखा परे?
भारत –२, दक्षिण अफ्रिका – १८३ , बोत्सवाना – १९, नेदरल्याण्ड्स – १६, हङकङ – ७, इजरायल – २, बेल्जियम – २, बेलायत – ३२, जर्मनी – १०, अष्ट्रेलिया – ८, इटाली – ४, चेकिया – १, डेनमार्क – ६, अस्ट्रिया – ४, क्यानाडा – ७, स्वीडेन – ४, स्विजरल्याण्ड – ३, स्पेन – २, पोर्चुगल – १३, जापान – २, फ्रान्स – १, घाना – ३३, दक्षिण कोरिया – ३, नाइजेरिया – २, ब्राजिल – २, नर्वे – २, अमेरिका – १, साउदी अरेबिया – १, आयरल्याण्ड – १, संयुक्त अरब इमिरेट्स – १

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img