इन्फो नेपाल — सञ्चारको सञ्जाल

काेशी प्रदेश : मुख्यमन्त्री हिकमत कार्की संगै दुइ मन्त्रीले लिए शपथ

सुनसरी | कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् ।  बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका छन् । कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन् । नेकपा (एमाले) का उपनेता समेत रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’ मन्त्री बनेका छन् ।उनीहरू दुवैले शपथ ग्रहण गरेका छन् । उनीहरू बिना विभागीय मन्त्री नियुक्त भएका थिए । बुधबार प्रदेश प्रमुख खापुङ्गले सरकार गठन गर्न आह्वान गरेका थिए । बिहीबार एमालेका संसदीय दलका नेता कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश सांसदहरूलाई प्रदेश प्रमुख कार्यालय बोलाएर सनाखत गरिएको थियो । निवर्तमान मुख्यमन्त्री केदार कार्की भने नव नियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई कुनै काम कारबाही अघि बढाउन नदिन मागसहित सर्वोच्च अदालत पुगेका छन् । उनले अन्तरिम आदेशको माग गर्दै रिट दिएका छन् । उनले प्रदेश प्रमुखले असंवैधानिक रूपमा सरकार गठनको आह्वान गरेको भन्दै आफैलाई नै कायम गर्न परमादेश दिन माग गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन…

जङ्गली हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम

मकवानपुर । झापाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीको अत्यधिक त्रासका कारण किसानहरू रातभर जाग्राम बस्न बाध्य भएका छन् । भारततर्फबाट हुल बाँधेर आउने हात्तीले पाकेको अन्नबाली नष्ट गर्नु…

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क