इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज देशभर कुकुर तिहार मनाइँदै

इटहरी : नेपालीहरूको महान चार्डपर्व लागे सगै आज कुकुर तिहार र काग तिहार एकै दिन परेको छ । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन रहेको छ । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । कुकुरलाई मिठो खाना पनि दिईने गरिन्छ । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ ।कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ । तिहारको दोस्रो दिन आज कुकुर तिहार हो । तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी तिहार पाँच दिन मनाइन्छ । तिहारको लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ । डिबि नयाँ खबरमा पनि छापिएको छ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क