इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका दुबई उड्ने तयारीमा रहेका युवाको विभत्स हत्या

इटहरी | इटहरी उपमहानगरपालिका– ७ निवासी एक युवाको विभत्स ढंगले हत्या भएको छ । शनिबार साँझ २९ बर्षीय भीम भनेर चिनिने रामकुमार पण्डितको बिभत्स ढंगले खुकरी प्रहार गरि हत्या भएको हो । शनिबार साझ कामबाट घर फर्किदै गरेका उनलाई छिमेकी उमेश चौधरीले खुकुरी प्रहार गरि हत्या गरेका हुन । खुकुरी प्रहारबाट भिमको घाँटी पुर्ण रुपमा काटिएर छिनेको छ । हत्याको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीका अनुसार मनमुटाबका कारण हत्या भएको देखिन्छ । हत्यामा संलग्न लाई नियन्त्रणमा लिएको उनले बताए ।खुकरी प्रहार गर्नेले यसअघि पनि भीमलाई गत बैशाख १७ गते रड प्रहार गरेर घाइते बनाएका थिए । इटहरीमा सिटी सफारी चालकका रुपमा जीविका चलाउँदै आएका उमेशले शनिबार पनि घर आउने क्रममा साइकलमा रहेका भीमलाई सफारी रोकेर लखेटी लेखेटी आक्रमण गरेको स्थानीयको भनाइ छ । मृतक भिमका ६ बर्षका छोेरा र नौं महिने काखे छोरी रहेकी छिन । इटहरीमा ज्यालादारीमा मिस्त्री काम गर्दै आएका भीम यहि बुधबार बैदेशिक रोजगारीका लागि दुबई जान लागेका थिए । भिसा समेत आइसकेको कारण सोमबार श्रीमती उर्मिलालाई लिएर काठमाडौ जान लागेका थिए । ‘बिदेश गएर सुखका साथ परिवार पाल्ने दाजुको धोको थियो । आज यसरी हत्या भयो,’ बुहारी नबिनाले भनिन् । घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क