इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको जनता बहुमुखी क्याम्पसको सभापतिमा सहदेव काफ्ले निर्वाचित

सुनसरी / इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा सहदेव काफ्ले निर्वाचित भएका छन् । जनता बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ (नेविसंघ) का काफ्लेले एक हजार २९८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका दानबीर थापा (सम्राट) ले २८५ मत प्राप्त गरेका छन् । सचिवमा समाजवादी विद्यार्थी युनियनका अर्जुन राईले ९७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका । निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अर्जुन पौडेल ८७१ मत प्राप्त गरे ।कोषाध्यक्षमा अखिल क्रान्तिकारी अनेरास्ववियुका हेमराज खड्काले ११२० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकतम नेविसंघका विपिन भट्टराईले ९८१ मत प्राप्त गरेका छन् । यसैगरी, सदस्यहरुमा अधिकांस नेविसंघका उमेद्वार विजयी भए । केवल लुइटेल, मार्सल बस्नेत, सुगम भुजेल, एलिना चौधरी, सुदिप खतिवडा, सुसान्त पुरी नेविसंघबाट विजयी हुँदा समाजवादी विद्यार्थी युनियनबाट लक्ष्मण लिम्बू र अखिल क्रान्तिकारी अनेरास्ववियुका मनिस चौलागाईं निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा कूल ५,७७८ मतदातामध्ये २,२२४ मत खसेको थियो । सोमबार दिउँसोबाट सुरु भएको मतगणनाको अन्तिम मत परिणाम सोमबार राति आएको हो ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता