इन्फो नेपाल — सञ्चारको सञ्जाल

एउटै ठेकेदारको धेरै वटा ठेक्का, दुई पटक टेन्डर र कोरोना प्रकोपको कारण भवन निर्माणमा ढिलाइ भयो : टिका प्रसाद दाहाल

 मकवानपुर ; मकवानपुरगढी गाँउपालिका वाड नम्बर ६ को वाड कार्यालय भवन अझै पुर्ण सम्पन्न हुन बाँकी नै छ । (यसै बिषयमा किन ढिलाई भयो भन्ने प्रश्न निबर्तमान वाड अध्यक्ष संग गर्दा आयको जवाफ ।) मकवानपुरगढी ६ मा निर्मित भवन एउटै ठेकेदारको धेरै वटा ठेक्का, दुई पटक टेन्डर र कोरोना प्रकोपको कारण ढिलाइ भएको निर्वतमान वाड अध्यक्ष टिका प्रसाद दाहालको भनाई छ । पहिलो तल्ला २० लाख र दोस्रो तल्ला १६ लाखमा स्वास्थ्य इकाई भवन अन्तरगतको बजेटबाट निर्माण गरिएको बताए । उनले भने "मकवानपुरगढी ६ मा निर्मित भवन एउटै ठेकेदारको धेरै वटा ठेक्का र कोरोना प्रकोपको कारण ढिलाइ भएको हो ।पहिलो तल्ला २० लाख र दोस्रो तल्ला १६ लाखमा दुई पटक टेन्डर भएको कारण थप केही ढिला भएको हो ।" तल्लो तल्लामा गर्भवती महिला, नवजात शिशु, अपांग, अशक्त जेष्ठ नागरिकहरु लाई उपचार सेवा प्रधान गरिने गरी माथिल्लो तल्लामा वाड कार्यालय संचालन गर्ने सहमति भएको बताएका छन । उनले भने "तल्लो तल्लामा गर्भवती / सुत्केरी महिला नवजात शिशु अपांग अशक्त जेष्ठनागरिकहरु लाई उपचार सेवा प्रदानगर्न सहज होस भनी स्वास्थ्य इकाई संचालनगर्ने सहमति भएको छ । माथिल्लो तल्लामा वडाकार्यलय संचालन गर्ने सहमति भएको छ ।" उनले केही स्थानिय बासिन्दा बाट उठेको प्रश्न को जवाफ दिदै "भवन संचालनमा आएको छैन आएपछि सुचनापार्टी अनिवार्य राखिने छ" भने ।

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते